‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई
आइतबार, १४ साउन २०८०, ०७ : २५
काठमाडौँ । तीज पर्व नजिकिएसँगै गायक गायिकाहरूले यसलाई लक्षित गर्दै आफ्ना सृजनाहरू दर्शकमाझ पस्किरहेका छन्। गायिका बबिना भट्टराईले पनि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन्।
भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तीज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा बबिनाकै सङ्गीत सुन्न सकिन्छ।
सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरूमा समर्पित रहेको छ। सांस्कृतिक सम्पत्तिको रूपमा सिर्जना गरिएको तीजको कोसेली साना साना नानीहरूको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागि यो गीत तयार पारिएको गायिका भट्टराईले बताइन् ।
केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण