बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र ओलीबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल

आइतबार, १४ साउन २०८०, १२ : २२
आइतबार, १४ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

‘दुई नेताबीच भेटवार्ता भएपनि के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन’, प्रचण्डका प्रेस संयोजक सुर्यकिरणले रातोपाटीलाई बताए । स्रोतका अनुसार दुई नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बुझिएको छ । 

नेकपा एमालेले करिब एक क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ ।

गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक सोमबारलाई तय भएको छ । सोमबार पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको बुझिएको छ । तर उनीहरुबीचको संवादपछि पनि अवरुद्ध संसद खुल्ने नखुल्नेबारे नेताहरुले प्रस्ट बताइसकेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप