प्रचण्ड र ओलीबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘दुई नेताबीच भेटवार्ता भएपनि के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन’, प्रचण्डका प्रेस संयोजक सुर्यकिरणले रातोपाटीलाई बताए । स्रोतका अनुसार दुई नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बुझिएको छ ।
नेकपा एमालेले करिब एक क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ ।
गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक सोमबारलाई तय भएको छ । सोमबार पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको बुझिएको छ । तर उनीहरुबीचको संवादपछि पनि अवरुद्ध संसद खुल्ने नखुल्नेबारे नेताहरुले प्रस्ट बताइसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण