रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा
काठमाडौंँ । रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । ढाकाटोपी फिल्मस् प्रालिले आइतबार राजधानीमा एक कार्यक्रमकाबीच शो को घोषणा गरेको हो ।
बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका लागि एउटा गतिलो प्लेटफर्म उपलब्ध गराउने उद्देश्य ‘शो’ को छ ।
शोका निर्देशक नरेशनाथ योगी हुन् । टेलिभिजन रियालिटी शोको रुपमा तयार हुने शोमा विश्वका जुनै कुनामा छरिएर रहेका नेपालीभाषी नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । सहभागीले अडिसन आफ्नो मातृभाषामा पनि दिन पाउनेछन् ।
कार्यक्रममा सहभागीले आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञान मार्फत आफूलाई महागफाडीको दाबेदारको रुपमा प्रस्तुत गर्नेछन् । कार्यक्रम अवधिभर प्रतियोगीहरुले कुनै भाषा, लैंगिक, समुदाय, जातजाती, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने प्रस्तुति राख्न पाउने छैनन् ।
सहभागीका लागि आयोजकले अनलाइन अडिशन खुल्ला गरेको छ । अडिशनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णयमा रहेका छन् भने कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नेछन् ।
शोका विजेताले नगद रु. १५ लाख र सवारी साधन, द्वितीय हुनेले नगद रु. १० लाख र सवारी साधन तथा तृतीय हुनेले नगद रु. ५ लाख र सवारी साधन उपहारको रुपमा प्राप्त गर्ने आयोजक पक्षले जानकारी दियो । त्यसैगरि चौथो र पाँचौं स्थान हासिल गर्नेले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोगको धारणा छ ।
निर्माताका अनुसार टेलिभिजनमा १६ हप्तासम्म चल्ने 'शो'को फाइनल कार्यक्रम भने अष्ट्रेलियामा आयोजना हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण