एकीकृत समाजवादीको चार तहको बैठक तय, बैठकको समयतालिका हेर्नुहोस्
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक साउन १९ गते बस्ने भएको छ । समाजवादीका नेता जगन्नाथ खतिवडाका अनुसार बैठक चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजे बस्ने समय तालिका तय भएको हो ।
त्यस्तै सो पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको समयतालिका समेत तय भएको छ । खतिवडाका अनुसार पार्टीको स्थायी कमिटी बैठक साउन २० र २१ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठक दिउँसो ११ बजेका लागि तोकिएको छ ।
त्यस्तै पोलिटब्युरो बैठक भदौ ३ र ४ गते दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमै बस्ने खतिवडाले बताए । उनका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बस्ने भएको छ ।
ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्केटमा बिहान १० बजेदेखि केन्द्रीय कमिटी बैठक बस्ने समय तय भएको उनले बताए ।
बैठकमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, समसामयिक परिस्थिति र आगामी कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण