सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको चार तहको बैठक तय, बैठकको समयतालिका हेर्नुहोस्

आइतबार, १४ साउन २०८०, २२ : ३४
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक साउन १९ गते बस्ने भएको छ । समाजवादीका नेता जगन्नाथ खतिवडाका अनुसार बैठक चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजे बस्ने समय तालिका तय भएको हो । 

त्यस्तै सो पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको समयतालिका समेत तय भएको छ । खतिवडाका अनुसार पार्टीको स्थायी कमिटी बैठक साउन २० र २१ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठक दिउँसो ११ बजेका लागि तोकिएको छ ।

त्यस्तै पोलिटब्युरो बैठक भदौ ३ र ४ गते दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमै बस्ने खतिवडाले बताए ।  उनका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बस्ने भएको छ ।

ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्केटमा बिहान १० बजेदेखि केन्द्रीय कमिटी बैठक बस्ने समय तय भएको उनले बताए ।

बैठकमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, समसामयिक परिस्थिति र आगामी कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको खतिवडाले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप