लम्पी स्किन रोगबाट मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशुको मृत्यु
काठमाडौँ । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजारभन्दा बढी पशुहरुको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा यस रोगका कारण गाईबस्तुको धेरै क्षति भएपछि किसान मर्कामा परेका हुन् । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाई, भैँसीसहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबैभन्दा कम दुई पशुको मृत्युसहित मधेस प्रदेशमा हालसम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भएको छ ।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले मधेस प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइसकेको जानकारी दिए ।
सोमबार लम्पी स्किन रोगविरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ/आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताए । मन्त्री न्यौपानेले यो समस्या पहिलादेखि नै भएपनि अहिले भयावह भएको बताउँदै यस्ता समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्न सरकारले पहल गर्ने बताए ।
लम्पी स्किनका कारण सबैभन्दा बढी गाई÷गोरुको मृत्यु भएको देखिन्छ । मधेस प्रदेशमा मृत्यु भएका २ हजार २५ पशुमा भैँसी/राँगा छन् भने २ हजार १९ वटा गाई/गोरुको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण