शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति यादव जनकपुरधाम आउँदै

मङ्गलबार, १६ साउन २०८०, ०९ : ००
मङ्गलबार, १६ साउन २०८०

जनकपुरधाम । उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार जनकपुरधाम आउने भएका छन् । महोत्तरीको मटिहानी ७ तस्मैयाबाबा उधानमा जडान गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनको लागि उनी जनकपुरधाम आउन लागेका हुन् ।

उनी मटिहानी नगरकार्यपालिकाको निमन्त्रणामा अहिले ८ः३० को फ्लाइटबाट जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जनकपुरधामबाट उपराष्ट्रपति यादव कार्यक्रममा सहभागी हुन महोत्तरीतर्फ प्रस्थान गर्नेछ ।

महोत्तरीमा मटिहानी नगरपालिकाले उपराष्ट्रपति यादवलाई नागरिक अभिनन्दन कार्यक्रम गर्ने कार्यक्रम छ । त्यसश्चात उनले राष्ट्रिय झण्डा फहराउने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप