मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

मङ्गलबार, १६ साउन २०८०, ०९ : २०
मङ्गलबार, १६ साउन २०८०

काठमाडौं । संवैधानिक परिषद् बैठक आज बस्दैछ । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक अपराह्न ४ बजेका लागि आह्वान भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप