‘कार्साङ’ मा भित्रिइन् सुरक्षा
काठमाडौँ । फिल्म ‘कार्साङ’मा अभिनेत्रीका रूपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि पन्तलाई छनौट गरेको हो । फिल्मका निर्देशक यम शेर्पा हुन् ।
फिल्ममा यसअघि दयाहाङ राई र बुद्धि तामाङ छानिएका थिए । सुरक्षा भित्रिएसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको निर्देशक शेर्पाले बताए । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नवनायिकाको रूपमा छिरिङ शेर्पा छिन् ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा निर्देशक शेर्पाकै कथा, पटकथा तथा संवाद छ । शेर्पा यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।
पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मको तिहार लगतै छायाङ्कन सुरु हुनेछ । फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिनेछ ।
फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्नेछ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित–रत्न)ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण