‘सल्के साईला’मा श्रीमान् श्रीमती बने अनु र राजाराम
मङ्गलबार, १६ साउन २०८०, १२ : ४९
काठमाडौंँ । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘सल्के साईला’ सार्वजनिक भएको छ । रामहरि खड्काको शब्द रहेको गीतमा धीर बिक्रम सिंहले संगीत दिएका छन् ।
गीतको भिडियोमा हाँस्य कलाकार राजाराम पौडेल र अभिनेत्री अनु शाहको अभिनय छ । सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोमा सामान्यतया, नेपाली समाजमा घट्ने पारिवारिक समस्यालाई देखाउन खोजिएको छ । भिडियोमा अनु र राजारामले श्रीमान्–श्रीमतीको भुमिका निर्वाह गरेका छन् ।
राजाराम र अनुको छोरा–छोरीको भुमिकामा भने बालकलाकार आरोही शर्मा र गौरव शर्मा छन् । लक्ष्मण गुरुङले निर्माण गरेको भिडियोमा चक्र बहादुर बरालको छायांकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण