भ्रष्टाचारका कारण विकासमा अवरोध भइरहेको छ : त्रिपाठी
नवलपरासी । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भ्रष्टाचारका कारण विकासमा अवरोध भइरहेको बताएका छन् ।
नवलपरासी क्षेत्र नम्बर १ का जनतालाई सम्बोधन गर्दै उनले आफू सरकारमा गए पनि नगए पनि, संसद्मा रहे पनि नरहे पनि भ्रष्टाचारको विरुद्ध लड्ने बताएका हुन् । देशको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताउँदै उनले आफू धेरै चिन्तित भएपछि गाउँमा आएर बस्ने गरेको र जनताको शरणमा जाने गरेको बताए ।
उनले आजसम्म आफूले जनताको शिर निहुराउने काम नगरेको जिकिर गरे । ‘अहिले भ्रष्टाचारको कारण धेरै नेता जेलमा छन् । अरू पनि जाने अवस्थामा छन् । तर मैले सधैँ जनताको हितमा काम गरेको छु,’ त्रिपाठीले भने ।
आफूले विकास देखाएर जनतालाई ठग्ने काम नगरेको बताउँदै जनप्रतिनिधिको काम नै जनताको लागि काम गर्ने भएको उनको भनाई छ । चुनावमा मतका लागि विकासको आश्वासन दिन नहुने उनले बताए । कोभिडको समयमा स्वास्थ्य मन्त्री आफू थिए त्यति बेला थुप्रै काम भएको तर चुनावमा त्यसको नाम समेत नलिएको उनले धारणा राखे ।
‘यो देशमा पाँच पटक मन्त्री भएको हुँ । तर कुनै पनि माइकालालले भ्रष्टाचारको आरोप लगाउन सक्दैन,’ उनले भने, ‘म जनताको भरमा राजनीति गरिरहेको छु र बाँचुन्जेल तपाईंहरूको बीचमा रहनेछु । हृदयेश त्रिपाठी कतै जान्छ भन्ने भ्रममा नरहनु होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण