बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा उपमहानगरले डेंगु संक्रमण नियन्त्रणका लागि ‘भेट्रो निरीक्षक’ राख्दै

मङ्गलबार, १६ साउन २०८०, १६ : ०४
मङ्गलबार, १६ साउन २०८०

मकवानपुर । बढ्दो डेंगु संक्रमण नियन्त्रणका लागि हेटौँडा उपमहानगरपालिकाले भेट्रो निरीक्षक नियुक्त गर्ने भएको छ । डेंगु नियन्त्रणका लागि हेटौँडा उपमहानगरले ४ जना भेट्रो निरीक्षक नियुक्त गर्ने तयारी गरेको हो ।

उपमहानगरभित्र डेंगुको संक्रमण नियन्त्रण गर्न भेट्रो निरीक्षकहरु नियुक्तिको तयारी गरिएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर–१ का वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

उपमहानगरको विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार डेंगुको संक्रमण नियन्त्रणका लागि भेट्रो निरीक्षक नियुक्तिको तयारी थालिएको उनले बताए ।  

उनका अनुसार उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षकले डेंगु संक्रमणको जोखिम रहेका वडा तथा टोलहरुमा लामखुट्टेको सम्भावित वासस्थानको खोजी गर्ने र नष्ट गर्नेछन् ।

त्यस्तै बैठकले फिल्डमा खटिएका भेट्रो निरीक्षकले संक्रमणको आंकलन गरेको स्थानसहित सम्भावित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परीक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयमसेविकासहित टोल विकास संस्थालाई परिचालन गर्ने निर्णय गरेको उनले बताए ।

हेटौंडामा गत जेठबाट डेंगुको संक्रमणका विरामीहरु फेला पर्न थालेको र साउनमा एकै पटक ५ जनामा संक्रमण देखिएको उनले बताए । हाल  हेटौंडामा ९ जना डेंगु संक्रमित विरामी रहेको र उनीहरुको उपचारको क्रममा रहेका छन् ।

गतवर्ष हेटौंडामा ४ हजार ३४३ जना संक्रमित भएको हेटौँडा उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप