हेटौँडा उपमहानगरले डेंगु संक्रमण नियन्त्रणका लागि ‘भेट्रो निरीक्षक’ राख्दै
मकवानपुर । बढ्दो डेंगु संक्रमण नियन्त्रणका लागि हेटौँडा उपमहानगरपालिकाले भेट्रो निरीक्षक नियुक्त गर्ने भएको छ । डेंगु नियन्त्रणका लागि हेटौँडा उपमहानगरले ४ जना भेट्रो निरीक्षक नियुक्त गर्ने तयारी गरेको हो ।
उपमहानगरभित्र डेंगुको संक्रमण नियन्त्रण गर्न भेट्रो निरीक्षकहरु नियुक्तिको तयारी गरिएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर–१ का वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।
उपमहानगरको विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार डेंगुको संक्रमण नियन्त्रणका लागि भेट्रो निरीक्षक नियुक्तिको तयारी थालिएको उनले बताए ।
उनका अनुसार उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षकले डेंगु संक्रमणको जोखिम रहेका वडा तथा टोलहरुमा लामखुट्टेको सम्भावित वासस्थानको खोजी गर्ने र नष्ट गर्नेछन् ।
त्यस्तै बैठकले फिल्डमा खटिएका भेट्रो निरीक्षकले संक्रमणको आंकलन गरेको स्थानसहित सम्भावित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परीक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयमसेविकासहित टोल विकास संस्थालाई परिचालन गर्ने निर्णय गरेको उनले बताए ।
हेटौंडामा गत जेठबाट डेंगुको संक्रमणका विरामीहरु फेला पर्न थालेको र साउनमा एकै पटक ५ जनामा संक्रमण देखिएको उनले बताए । हाल हेटौंडामा ९ जना डेंगु संक्रमित विरामी रहेको र उनीहरुको उपचारको क्रममा रहेका छन् ।
गतवर्ष हेटौंडामा ४ हजार ३४३ जना संक्रमित भएको हेटौँडा उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण