शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

किसानका पक्षमा काम नभए कांग्रेसले सरकार छाड्नुपर्छ : जीतजंग बस्नेत

मङ्गलबार, १६ साउन २०८०, १६ : १०
मङ्गलबार, १६ साउन २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले किसानका मागलाई व्यवहारमा पूरा गर्नुपर्ने  बताएका छन् । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति परिचयात्मक कार्यक्रममा नेता बस्नेतले किसानका हक र अधिकारहरू नारामा सीमित रहेको बताए ।

‘सरकार असफल भएको हो कि भन्ने शंका लाग्न थालेको छ’, उनले भने, ‘किसानका उत्पादन सस्तोमा लिने । तिनै किसानलाई आवश्यक मल, बीउबिजन, औषधि महँगोमा बिक्री गर्ने यो कस्तो तरिका हो रु’

नेता बस्नेतले सरकार कालोबजारी नियन्त्रणमा उदासीन रहेको समेत आरोप लगाए । सरकारले किसानका पक्षमा काम गर्न नसक्ने हो भने कांग्रेसले सरकार छोड्नुपर्ने नेता बस्नेतले बताए ।

बस्नेतले भ्रष्टाचार बिरोधी अभियानमा कांग्रेस सरकारमा हुँदा वा नहुँदा बुलन्द आवाज उठाउँदै आएको पनि बताए

ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठले किसान महासंघ ललितपुरलाई किसानहरूको हकहित र अधिकारमा काम गर्दा पार्टीबाट चाहिने जस्तो सुकै सहयोग प्राप्त हुने बताए ।

नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले महासंघ किसानका हक र अधिकारका विषयमा एकताबद्ध रहेको बताए । तिमिल्सिनाले किसानले उत्पादन गरेका सामानको उचित बजार र मूल्य नपाउँदा कृषक सस्तोमै आफ्ना उत्पादन बेच्न बाध्य भएको बताए ।

किसान महासंघका ललितपुरका अध्यक्ष चक्र महर्जनले वीपीले २००८ सालमा स्थापना गरेको किसान संघ २०७८ मा किसान महासंघ बनेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप