शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाद्वारा पुन: दाबी पेस

मङ्गलबार, १६ साउन २०८०, १७ : ००
मङ्गलबार, १६ साउन २०८०

विराटनगर । मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै पदमूक्त भएका काँग्रेस नेता उद्धव थापाले पुनः प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बहुमतको दाबी प्रस्तुत गरेका छन् ।  

सभामुख बाबुराम गौतमलाई राजीनामा गराउन सफल देखिएका थापाले काँग्रेसका २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद सहित दाबी प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए । सोही आव्हान अनुसार थापाले दाबी पेस गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप