आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस महानगरका समितिहरूले देउवालाई बुझाए ज्ञापनपत्र

मङ्गलबार, १६ साउन २०८०, १७ : ३७
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस महानगर समितिहरूले मर्यादाक्रममा अन्याय भएको भन्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

काठमाडौँ, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठकले गरेको निर्णय अनुसार पार्टी नेतृत्वसँग मर्यादाक्रमको विभेद हटाउन माग गरिएको छ । कांग्रेसले महानगर सभापतिलाई पार्टीको ७१ औँ वरियतामा राखेको छ ।

गत शुक्रबार र शनिबार काठमाडौँमा बसेको बैठकको निर्णय लिएर काठमाडौँ महानगर सभापति निलकाजी शाक्यको टोली सोमबार देउवा निवास धुम्बाराही पुगेको थियो ।

पार्टीको केन्द्रीय महासमिति र महाधिवेशनमा स्थानीय तहका समितिहरूबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउन विधानमा व्यवस्था गर्न सभापतिको ध्यानाकर्षण गरिएको काठमाडौँ महानगरका सचिव सुसन वैद्यले बताए ।

यस्तै स्थानीय तहका समिति अन्तर्गतका वडाहरूमा निर्वाचनमा उम्मेदवार छनोट गर्दा तत् तत् स्थानीय तहको पूर्ण अधिकार दिनुपर्ने महानगर समितिको पत्रमा उल्लेख छ  ।

स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलीमा न्यून र समय सापेक्ष नभएको महानगर समितिको गुनासो छ ।

वैद्यका अनुसार समय सापेक्ष हुने गरी, पदाधिकारीहरू समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन मागपत्रमा भनिएको छ ।

शाक्य नेतृत्वको टोलीको मागपत्र बुझाएपछि सभापति देउवाले पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । 

सचिव  वैद्यका अनुसार बैठकका मागका विषयमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र अन्य पदाधिकारीलाई ज्ञापन पत्र बुझाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप