कर्णालीमा विद्युत् ऐन बनाउने तयारी, विधेयक सभामा टेबुल
मङ्गलबार, १६ साउन २०८०, १८ : २४
सुर्खेत । कर्णाली प्रदेशमा विद्युत् सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ । मंगलबारको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले विधेयक टेबुल गरेका हुन् ।
जिसीले प्रदेशस्तरमा जलस्रोत तथा नवीकरणीय ऊर्जाका स्रोतको दिगो रुपमा अधिकतम र उचित परिचालनका माध्यमबाट उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी वातावरणमैत्री, नियमित भरपर्दो र सुरक्षित विद्युत् सेवा प्रदानका लागि विद्युत् सम्बन्धी विधेयक बनाउन आवश्यक भएको बताए ।
विधेयकमाथि छलफल गरी पारित भएर प्रदेश प्रमुखद्वारा प्रमाणीकरण भए कर्णालीमा छुट्टै विद्युत् ऐन बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण