बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा विद्युत् ऐन बनाउने तयारी, विधेयक सभामा टेबुल

मङ्गलबार, १६ साउन २०८०, १८ : २४
मङ्गलबार, १६ साउन २०८०

सुर्खेत । कर्णाली प्रदेशमा विद्युत् सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ । मंगलबारको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले विधेयक टेबुल गरेका हुन् । 

जिसीले प्रदेशस्तरमा जलस्रोत तथा नवीकरणीय ऊर्जाका स्रोतको दिगो रुपमा अधिकतम र उचित परिचालनका माध्यमबाट उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी वातावरणमैत्री, नियमित भरपर्दो र सुरक्षित विद्युत् सेवा प्रदानका लागि विद्युत्  सम्बन्धी विधेयक बनाउन आवश्यक भएको बताए ।  

विधेयकमाथि छलफल गरी पारित भएर प्रदेश प्रमुखद्वारा प्रमाणीकरण भए कर्णालीमा छुट्टै विद्युत् ऐन बन्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप