जापानको बेरोजगारी दर जुनमा २.५ प्रतिशत कायम
मङ्गलबार, १६ साउन २०८०, २१ : ४०
टोकियो । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगार दर केही घटेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत बिन्दुले घटेर १.३० मा झरेको जनाएको छ ।
यो अनुपात कामको खोजीमा प्रति १०० मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ ।
जुन महिनामा कूल बेरोजगारको सङ्ख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको सङ्ख्या एक प्रतिशतले घटेर सात लाख १० हजार मा झरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कामबाट बर्खास्त हुनेको सङ्ख्या अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले घटेर चार लाख ७० हजारमा झरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण