राष्ट्रिय योजना आयोगको बैठक सम्पन्न
१६ औँ योजना निर्माणका लागि तयार पारिएको अवधारण पत्रको मस्यौदा छलफलमा लैजाने निर्णय
बुधबार, १७ साउन २०८०, ०८ : ५२
काठमाडौँ । राष्ट्रिय योजना आयोगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १६ औँ योजना निर्माणका लागि तयार गरिएको अवधारण पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूले गरेको सम्बोधन स्मरण गराउँदै बजेट निर्माण गर्दा होस या रणनीतिक योजना बनाउँदा जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए ।
प्रचण्डले योजना निर्माण गर्दा पन्ध्रौँ योजनाको पनि समीक्षा गर्न आवश्यक रहेको बताए । पारित भएको अवधारणा पत्र छलफलको लागि अगाडि बढाउन पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण