कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन आउने
काठमाडौँ । कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन सुरु हुने भएको छ । शो निर्माण संस्था नेपाल नेटवर्क टेलिभिजनले राजधानीमा एक कार्यक्रमकाबीच शो साउन २० बाट सुरु हुने जानकारी दियो । उक्त अवसरमा शोको प्रोमो समेत सार्वजनिक भयो । शोको यो सिजनको पहिलो भागमा अतिथिको रुपमा केशव स्थापित रहनेछन् । पहिलो सिजनको तुलनामा दोस्रो सिजन अझै राम्रो र केहि परिमार्जन गरिएको शो कि निर्देशक श्रृद्धा प्रसाईले बताइन् ।
‘दर्शकले यसपटक अझ बढी मनोरञ्जन लिन सक्नेछन् । हामीले यसपटक पहिलो सिजनको तुलनामा मिहिनेत बढी गरिरहेका छौं’ प्रसाइले थपिन् । शो को होस्ट बिक्की अग्रवालले गर्नेछन् । उक्त शो को पाँच भाग तयार रहेको र अन्य भागका लागि कलाकार र राजनीतिज्ञसँग कुरा भइरहेको बिक्कीले बताए ।
शोको गेष्ट म्यानेजमेन्टको काम गोपीकृष्ण चापागाईंले गरेका छन् । चापागाईंले पहिलो सिजन भन्दा दोस्रो सिजनमा गेष्ट ल्याउनका सहज भएको बताए ।
एन क्यासको प्रस्तुति रहेको शो ‘आम्मा कसम याँ दुख्छ’ दोस्रो सिजन घोषणा कार्यक्रममा एनएन टेलिभिजनका कार्यकारी निर्देशक श्याम धिताल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, कि एडभर्टाइमेन्टका प्रमुख रविन्द्रकुमार रिजाल, कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणि पौडेल लगायतको उपस्थिति थियो ।
शो मा बिना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन् भने रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिएका छन् । शो का लेखक सुशान्त बस्याल र विकास अर्याल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण