बलिउडका चर्चित कला निर्देशक नितिन देसाई मृत फेला, आत्महत्याको आशङ्का
बलिउडका चर्चित कला निर्देशक नितिन देसाई महाराष्ट्रको रायगड जिल्लामा मृत फेला परेका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले प्रारम्भिक रूपमा हेर्दा यो आत्महत्याको घटना भएको बताए ।
उनको शव रायगढको कर्जतस्थित एनडी स्टुडियोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी अधिकारीले बताए ।
यो ठाउँ महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ५० किलोमिटर टाढा छ । उनले जानकारी पाए लगत्तै प्रहरी टोली त्यहाँ पुगेको बताए । प्रहरीका अनुसार उनले मङ्गलवार राति आत्महत्या गरेका थिए तर बिहान मात्रै थाहा भएको हो ।
एनडी स्टुडियो ४२ एकडमा फैलिएको छ । यसमा सबैभन्दा पहिला आमिर खानको फिल्म ‘मंगल पाण्डे’ को सुटिङ भएको थियो ।
प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।’ नितिन देसाई धेरै चर्चित फिल्महरूसँग जोडिएका थिए ।
नितिन देसाई ‘लगान’, ‘हम दिल दे चुके सनम’, ‘जोधा अकबर’ र ‘राम रतन धन पायो’ जस्ता सफल फिल्मका कला निर्देशक थिए ।
सन् १९९० को दशकमा रिलिज भएको विधु विनोद चोपडाको फिल्म ‘१९४२ः अ लभ स्टोरी’ को सेट डिजाइन गरेपछि नितिन देसाई चर्चामा आए ।
नितिन देसाईले कला निर्देशकको रूपमा चार वटा राष्ट्रिय पुरस्कार जितेका थिए ।
उनले ‘देवदास’, ‘लगान’, ‘हम दिल दे चुके सनम’ र ‘डाक्टर बाबा साहेब अम्बेडकर’ का लागि अवार्ड पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण