लिटिल आइन्सटाइन्सलाई ‘बेस्ट प्रिस्कुल अफ द इअर’ अवार्ड
काठमाडौं । लिटिल आइन्सटाइन्स सुन्दर प्रि स्कुल ‘बेस्ट प्रिस्कुल अफ द इअर’ बाट सम्मानित भएको छ । इन्टरनेशनल स्कुल अवार्ड ब्याङ्ककले आयोजना गरेको कार्यक्रममा बसुन्धारामा रहेको सुन्दर प्रि स्कुललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
सो अवसरमा प्रिस्कुलका प्रिन्सिपल डा श्याम सुन्दर चौधरीले उक्त सम्मानका लागि आभार प्रकट गरेका थिए । उक्त कार्यक्रमामा चौधरीले ‘डिजाइन थिङ्किङ्ग इन एजुकेशन : अ न्यु अप्रोच टु सोल्भिङ्ग कम्प्लेक्स प्रबलम्स’ विषयमा आफ्नो धारणा राखेका थिए ।
टेलर्स विश्वविद्यालयले आयोजना गरेको उक्त समारोहमा भारतका पूर्वमन्त्री सुरेश प्रभु तथा पहिलो इण्डियन आइडल विजेता अभिजित सावन्तको उपस्थिति रहेको थियो । समारोहमा भारतसहित पाकिस्तान, अमेरिका, फिलिपिन्स, कम्बोडिया लगायत विभिन्न देशका विद्यालयका प्रतिनिधिहरु तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण