शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लिटिल आइन्सटाइन्सलाई ‘बेस्ट प्रिस्कुल अफ द इअर’ अवार्ड

बुधबार, १७ साउन २०८०, १३ : ५८
बुधबार, १७ साउन २०८०

काठमाडौं । लिटिल आइन्सटाइन्स सुन्दर प्रि स्कुल ‘बेस्ट प्रिस्कुल अफ द इअर’ बाट सम्मानित भएको छ । इन्टरनेशनल स्कुल अवार्ड ब्याङ्ककले आयोजना गरेको कार्यक्रममा बसुन्धारामा रहेको सुन्दर प्रि स्कुललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सो अवसरमा प्रिस्कुलका प्रिन्सिपल डा श्याम सुन्दर चौधरीले उक्त सम्मानका लागि आभार प्रकट गरेका थिए । उक्त कार्यक्रमामा चौधरीले ‘डिजाइन थिङ्किङ्ग इन एजुकेशन : अ न्यु अप्रोच टु सोल्भिङ्ग कम्प्लेक्स प्रबलम्स’ विषयमा आफ्नो धारणा राखेका थिए ।

टेलर्स विश्वविद्यालयले आयोजना गरेको उक्त समारोहमा भारतका पूर्वमन्त्री सुरेश प्रभु तथा पहिलो इण्डियन आइडल विजेता अभिजित सावन्तको उपस्थिति रहेको थियो । समारोहमा भारतसहित पाकिस्तान, अमेरिका, फिलिपिन्स, कम्बोडिया लगायत विभिन्न देशका विद्यालयका प्रतिनिधिहरु तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप