माइती नेपाललाई एम्बुलेन्स दिने सांसद शर्माको घोषणा
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् ।
सिएनएन हिरोसमेत बनिसकेकी अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ । सो संस्थाले एम्बुलेन्सको स्वीकृति लिएको ७२ घण्टाभित्र एम्बुलेन्स खरिद गरिदिने सांसद शर्माले बताए ।
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्माले यसअघि पनि विभिन्न सामाजिक संघ संस्थालाई एक दर्जन बढी एम्बुलेन्स दिइसकेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटमा पनि सांसद शर्माले एम्बुलेन्स दिएका छन् । झापा, मोरङमा पनि सांसद शर्माले प्रदान गरेका एम्बुलेन्सबाट धेरै विरामीले सेवा पाइरहेका छन् ।
काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको अध्यक्ष हुँदा डा.शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआइभी संक्रमण पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए ।
माइती नेपालमार्फत आउँनेलाई दिइदै आएको निःशुल्क उपचार सेवालाई निरन्तरता दिइने सांसद शर्माले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण