अपराध र तस्करी रोक्न समय सापेक्ष प्रविधि अपग्रेड गर्न आवश्यक छ : अर्थमन्त्री डा.महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अपराध र तस्करी रोक्न भन्सार विन्दुको प्रविधि प्रणाली समय सापेक्ष अपग्रेड हुन आवश्यक रहेको बताएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको अनुगमन गर्दै मन्त्री डा.महतले यस्तो बताएका हुन् ।
‘अपराध र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन् । हामीले पनि हाम्रो प्रविधि समय सापेक्ष अपग्रेड गर्नुपर्ने हुन्छ’ भन्सार कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने, ‘एकले अर्कोसँग समन्वय गरौं ।’
सो अवसरमा मन्त्री डा.महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा के कस्ता प्रक्रिया पूरा गर्नुपर्ने र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका छन् ।
‘अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ’ उनले भने, ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएको खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।’
राजश्व अनुसन्धान, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेना समेत रहेकोमा थप नागरिक उड्डयन मन्त्रालयको समेत सक्रियता रहेको क्षेत्रमा एक निकायले अर्को निकायसँग आवश्यक समन्वयन गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण