दूतावासमा कुटपिटको घटनाले एनआरएनएलाई गलत बाटोमा लैजान्छ: अध्यक्ष केसी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनरआएनए) का कार्यकारी अध्यक्ष बद्री केसीले कतारस्थित नेपाली दूतावासमा भएको घटनाले संगठनलाई गलत बाटोमा लैजाने बताएका छन् ।
दूतावासभित्र भएको कुटपिटको घटनाका सन्दर्भमा पीडित बुद्धि प्रसाद भण्डारीले अध्यक्ष केसीलाई दिएको निवेदनको जवाफ दिँदै केसीले यस्तो बताएका हुन् ।
बिहीबार केसीले इमेलमार्फत दिएको जवाफमा भनिएको छ, ‘यो साँच्चै दुखद घटना हो। यस प्रकारको घटनाले हाम्रो संगठनलाई गलत बाटोमा लैजान्छ र हाम्रो आन्दोलनलाई कमजोर बनाउँछ।’
यो विवाद स्थानीय प्रहरीमार्फत समाधान हुने भएकोले केही न केही निकास निस्कने उनको विश्वास छ । ‘तपाईंको पत्रबाट दूतावास र परराष्ट्र मन्त्रालय जानकार रहेको बुझिएको छ । हामी पनि उहाँहरूको राय बुझ्नेछौँ’, केसीको भनाइ छ ।
यस्तै केसीले कतारमा रहेका एनआरएनएका पदाधिकारीहरु आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी र प्रविण गुरुङका साथै अन्य सबै आईसीसी टोली र एनसीसी टोलीलाई छलफलमार्फत समाधान निकाल्न समेत आग्रह गरेका छन् ।
जुलाई २४ मा नेपाली दूतावासमा एनआरएनए कतारको विषयमा सर्वपक्षीय छलफल हुँदा एक पक्षले भण्डारीसहितका व्यक्तिहरूलाई कुटपिट गरेको थियो । सो क्रममा भण्डारीको कानको जाली फुटेको थियो । भण्डारीले दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण