मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
फलोअप

दूतावासमा कुटपिटको घटनाले एनआरएनएलाई गलत बाटोमा लैजान्छ: अध्यक्ष केसी

बिहीबार, १८ साउन २०८०, १० : ४६
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनरआएनए) का कार्यकारी अध्यक्ष बद्री केसीले कतारस्थित नेपाली दूतावासमा भएको घटनाले संगठनलाई गलत बाटोमा लैजाने बताएका छन् । 

दूतावासभित्र भएको कुटपिटको घटनाका सन्दर्भमा पीडित बुद्धि प्रसाद भण्डारीले अध्यक्ष केसीलाई दिएको निवेदनको जवाफ दिँदै केसीले यस्तो बताएका हुन् । 

बिहीबार केसीले इमेलमार्फत दिएको जवाफमा भनिएको छ, ‘यो साँच्चै दुखद घटना हो। यस प्रकारको घटनाले हाम्रो संगठनलाई गलत बाटोमा लैजान्छ र हाम्रो आन्दोलनलाई कमजोर बनाउँछ।’

यो विवाद स्थानीय प्रहरीमार्फत समाधान हुने भएकोले केही न केही निकास निस्कने उनको विश्वास छ । ‘तपाईंको पत्रबाट दूतावास र परराष्ट्र मन्त्रालय जानकार रहेको बुझिएको छ ।  हामी पनि उहाँहरूको राय बुझ्नेछौँ’, केसीको भनाइ छ । 

यस्तै केसीले कतारमा रहेका एनआरएनएका पदाधिकारीहरु आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी र प्रविण गुरुङका साथै अन्य सबै आईसीसी टोली र एनसीसी टोलीलाई छलफलमार्फत समाधान निकाल्न समेत आग्रह गरेका छन् । 

जुलाई २४ मा नेपाली दूतावासमा एनआरएनए कतारको विषयमा सर्वपक्षीय छलफल हुँदा एक पक्षले भण्डारीसहितका व्यक्तिहरूलाई कुटपिट गरेको थियो । सो क्रममा भण्डारीको कानको जाली फुटेको थियो । भण्डारीले दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप