सन्दीपलाई क्यानको बधाई
काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बधाई दिएको छ ।
सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै उनको टोली सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । सन्दीपले निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।
सोही योगदानका कारण उक्त खेलमा सन्दीप म्यान अफ दी म्याच पनि घोषित भएका थिए । उत्कृष्ट प्रदर्शनका लागि क्यानले बिहीबार सन्दीपलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बधाई दिएको हो ।
‘उत्कृष्ट प्रदर्शनका लागि सन्दीप लामिछानेलाई बधाई छ । उनले मिसिसाउगा प्यान्थर्सविरुद्धको खेलमा आफ्नो टोली सरे जग्वार्सका लागि चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिएका छन् ।
उनले आफ्नो टोलीलाई आठ विकेटले जिताएका छन् भने म्यान अफ दी म्याचको पुरस्कार पनि पाएका छन्,’ सन्दीपलाई बधाइ दिँदै क्यानले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण