सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रिसाहा बच्चालाई नकुट्नुहोस्, प्रेमले सम्झाउनुहोस् : शान्त पार्न ६ तरिका अपनाउनुहोस्

बिहीबार, १८ साउन २०८०, १३ : ५६
बिहीबार, १८ साउन २०८०

आजकाल धेरै आमाबुवाले ‘मेरो बच्चा साह्रै रिसाउने भएको छ’ भनेको सुन्न सकिन्छ । हो, बच्चाहरू पछिल्लो समयमा हरेक कुरामा रिसाइरहेका हुन्छन्, चिडचिडेपन देखाउँछन् । कसैसँग राम्रोसँग कुरा गर्न पनि चाहँदैनन् । यति मात्रै होइन, कुनै कुरा उनीहरुलाइ गर्न मन लागेन भने, उनीहरुले पहिलो प्रतिक्रिया स्वरुप कि त घुरेर हेर्छन् कि  चिच्याउँछन् । तर यहाँ के बुझ्न जरुरी छ भने याे समस्या बच्चाको होइन । 

मनोवैज्ञानिकहरू विश्वास गर्छन् कि आमाबाबुको बच्चा हुर्काउने शैलीका कारण पनि बच्चाले आफ्नै भावनासँग सामना गर्न सकिरहेका हुँदैनन् ।  यस्तो अवस्थामा बालबालिकालाई शान्त पार्न अभिभावकले उनीहरूलाई मायाले सम्झाउनुको साटो उल्टै ठुलो स्वरमा गाली गर्ने, सबैको अगाडि पिट्ने गर्छन् । जुन सरासर गलत हो । आमाबुवा भएको नाताले त हामीले उनीहरुलाई मार्गनिर्देशन गर्न सक्नु पर्छ । उनीहरुलाई आफ्नो भावनामाथि कसरी नियन्त्रण गर्ने भनेर हामीले सिकाउनु पो त पर्छ । बच्चा रिसायाे भनेर आफैँ रिसाउँदा त्यो बच्चाले तपाईंबाट के सिक्छ त, एकपटक मनन गरौँ त । 

त्यसैले यहाँ हामी तपाईंलाई तपाईंकाे बच्चाको रिस शान्त पार्न के गर्न सकिन्छ भन्ने कुराकाे जानकारी लिऔँ ।

बच्चाकाे भावना स्विकार्नुहोस् 

पेरेन्ट्स वेबसाइटका अनुसार यदि तपाईंको बच्चा कुनै कुरामा रिसाएको छ भने, उसको भावनालाई बेवास्ता गर्ने प्रयास नगर्नुहोस् । तपाईंले उसकाे रिस वा भावनालाई स्विकार्नुहाेस् ।  ‘हो, मलाई थाहा छ,  तिमी पार्कबाट आउन चाहँदैनथ्याै त्यसैले थोरै रिसाएको छौ ’ भन्नुहाेस् ।  अथवा  ‘केही छैन, तिमी रिसाउन सक्छौ ’ भन्न सक्नुहुन्छ । उनीहरूलाई कहिल्यै पनि आफ्नो भावनामाथि नियन्त्रण गर्न नलगाउनुहोस् ।

आफ्नो कुरा भन्न उत्प्रेरित गर्नुहोस् 

जब बच्चा शान्त हुन्छ, तपाईंले उनलाई 'रिस उठेकाे छ ? के कुरामा रिसायाै, मलाइ भन्न मन लागेकाे छ ?' भन्न सक्नुहुन्छ ।’  केही कुरा नभनेसम्म अरुलाइ मनकाे कुरा थाहा हुँदैन भन्ने कुरा पनि बच्चालाइ सिकाउनुहाेस् । वास्तवमा, बच्चालाई रिसाउँदा आफ्नो कुरा कसरी भन्ने  थाहा हुँदैन  यसै कारण उनीहरूलाई थप तनाव हुन्छ । 

एक्लै राखेर कुरा गर्नुहोस्

बच्चासँग कुरा गर्नु छ भने उनीहरूलाई जता पनि जे पनि नभन्नुहोस् । पाँच वर्षको भएपछि बच्चामा इगो विकास हुन्छ । यस्तोमा उनीहरूलाई अरु मानिसको बीचमा गाली गर्दा नराम्रो लाग्न सक्छ । तपाईंले यसाे गर्दा बच्चाकाे इगाे हर्ट हुनसक्छ र तपाईंकाे कुरा मान्नुकाे साटाे झन् जिद्दी गर्न थाल्छन्, रिसाउन थाल्छन् । 
 त्यसैले बच्चालाई केही भन्नु छ भने उसलाई एक्लै राखेर भन्नुहोस् । यसाे गर्नुभयाे भने बच्चाले  तपाईंकाे कुरा पक्कै मान्नेछ । 

सहयोग चाहिन्छ ? भनेर सोध्नुहोस्

बच्चा कुनै कुरामा रिसाएको छ वा दुःखी छ भने उसलाई मद्दतका लागि सोध्नुहोस् । यसो गर्दा बच्चाले तपाईंलाई विश्वासिलाे पात्रको रूपमा हेर्नेछ जसका कारण तनाव र रिस आफैँ बिलाएर जान्छ । बच्चालाई तपाईंले 'तिमीलाइ म जस्ताे सुकै अवस्थामा पनि मद्दत गर्नेछु' भन्ने कुरा महसुस गराउनुहोस् ।

एक्लै नछोड्नुहोस्

तपाईंले बच्चालाई शान्त नभएसम्म उसलाई एक्लै छोड्न नसक्ने बताउनुहोस् । यसो भनेपछि उसले आफूलाई छिटो शान्त पार्छ र आफ्नो कुरा पनि  तपाईंलाइ भन्नेछ ।

प्रेम महसुस गराउनुहोस्

बच्चा रिसाएका बेला उनीहरूलाई मन पर्ने कुरा भन्नुहोस् । उदाहरणका लागि तपाईंले यसो भन्न सक्नुहुन्छ – 'तिमी रिसायौ भने मलाई दुःख लाग्छ । अनि छ नि तिमीले अस्ती कस्ताे राम्राे फुटबल खेलेकाे, तिमीले हिजाे मामुलाइ हेल्प गर्दा कत्ति सजिलाे भएकाे थियाे नि' लगायतका कुरा गरेर विषयलाइ अन्तै माेड्न सक्नुहुन्छ ।  यस्तै,  तपाईंले प्रेमपूर्वक उसलाई अँगालो हाल्न सक्नुहुन्छ । यसाे गर्दा उसले राहत महसुस गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप