कांग्रेसद्वारा डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
बिहीबार, १८ साउन २०८०, १८ : ४१
काठमाडौँ । नेपाली कांग्रेसले डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै डेंगी नियन्त्रण गर्न ध्यानाकर्षण गराएका हुन् ।
‘कोशी प्रदेशको धरान र आसपासका क्षेत्रमा डेंगीले धेरै जनाको मृत्यु भइसकेको छ । धेरै नागरिक सिकिस्त बिरामी छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ। बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन र दिगो तथा प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ।’
साथै मानवीय सेवामा जुट्न पार्टीका सदस्यहरूलाई कांग्रेसले आग्रहसमेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण