शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि

शनिबार, २० असार २०८३, १७ : ५६
शनिबार, २० असार २०८३

काठमाडौँ । सरकार गठन भएयता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नीतिगत सुधार, पूर्वाधार विकास र जनसेवा प्रवाहमा विभिन्न कार्यहरू गरेको दाबीसहित आज १०० दिने उपलब्धि सार्वजनिक गरेको छ । 

मन्त्रालयद्वारा सार्वजनिक प्रगतिविवरण अनुसार यस अवधिमा १३८ मेगावाट विद्युत उत्पादन क्षमता थप भई कुल जडित क्षमता ४,२४२ मेगावाट पुगेको छ भने करिब ४७ करोड २४ लाख युनिट विद्युत निर्यात गरिएको छ । 

नीतिगत रूपमा जलस्रोत र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकका मस्यौदा तयार गरी सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको छ ।

यस्तै, जलविद्युत तथा प्रसारण लाइन विस्तार आयोजनाहरूलाई तीव्रता दिइएको छ भने सिँचाइतर्फ कुल २,९४८ हेक्टर थप क्षेत्रमा सिँचाइ सुविधा विस्तार र ३७.५ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।

ग्राहक सेवालाई सहज बनाउन 'कृत्रिम बौद्धिकता' (एआई) प्रविधिमा आधारित च्याटबोट र विद्युत अवरोधसम्बन्धी जानकारी दिने प्रणाली सञ्चालनमा ल्याइएको छ । यस अवधिमा प्राप्त १८,७९६ जनगुनासामध्ये १८,३९८ को फर्छ्यौट भइसकेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा हालसम्म ४६।८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको विवरणमा उल्लेख छ ।

यस्तो छ मन्त्रालयको १०० दिने उपलब्धि

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप