कुवेतका चर्चित 'भ्लगर' नेपाल पठाउनेछु : अनुमोदित राजदूत लम्साल
काठमाडौँ । संसदीय समितिबाट कुवेतका लागि राजदूतमा सिफारिस घनश्याम लम्सालले पर्यटन प्रवर्द्धनका लागि कुवेतका भ्लगरलाई नेपाल पठाउन प्रयत्न गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा उनले नेपालको पर्यटनबारे कुवेतमा प्रचार गराउनका लागि आफूले विभिन्न किसिमका प्रयत्न गर्ने बताए ।
कुवेतका नागरिक धनी भएकाले गुणात्मक पर्यटक भित्र्याउन सकिने अवस्था रहेकोले अरबी भाषामा श्रव्य दृश्य सामग्री बनाएर नेपालबारे प्रचार पसार गर्ने प्रतिबद्धता जनाए ।
उनले भने–‘कुवेतबाट नेपालमा खासै पर्यटक आएका छैनन् । एक वर्षमा ४८६ पर्यटक आएको देखियो । कुवेतका नागरिक सम्पन्न भएकोले त्यहाँबाट नेपालमा गुणात्मक पर्यटक भित्र्याउन विभिन्न काम गर्नेछु । नेपालसँगको कुवेतको व्यापार व्यवसाय बढाउनका लागि नेपाली सामग्रीहरू कुवेतका लागि के के ठिक हुन्छन् भनेर चिनाउनेछु ।’
अनुमोदित राजदूत लम्सालले कुवेतमा रहेका गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग छलफल गरेर नेपाल र कुवेतबीच व्यापार तथा पर्यटन विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसदीय समितिबाट अनुमोदित भएका राजदूत लम्साल अब राष्ट्रपति रामचन्द्र पौडेलबाट राजदूतमा नियुक्त हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
-
प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण