युवती प्रयोग गरेर ‘हनिट्रयाप धन्दा’ चलाउने ४ जना ललितपुरबाट पक्राउ
काठमाडौँ । युवतीलाई प्रयोग गरेर ‘हनिट्रयाप धन्दा’ चलाएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । ३ जना युवक र एकजना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा झापा घर भएकी २४ वर्षीया अनिता मगर उर्फ सिया मगर, सिन्धुपाल्चोक घर भएका दिपक पराजुली, २७ वर्षीय बिमल सुवेदी र २४ वर्षका सरोज तिमिल्सेना छन् ।
अनिता मगरले सामाजिक संजाल ९फेसवुक० मार्फत फ्रेन्ड रिक्वेस्ट पठाएर कुरा गरेर पुरुषहरुलाई प्रभावमा पार्ने गरेकी थिइन् । पुरुषलाई ‘रिलेसनमा बस्ने’ कुरा गरेर भेट्न बोलापछि उनले केटाहरु बोलाएर पैसाको ‘बार्गेनिङ’ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनिता बानेश्वरमा बस्दै आएकी छन् ।
आरोपितहरुलाई ३ लाख रकम बार्गेनिङ गरिरहेको अवस्थामा बालकुमारीस्थित बर्गर हाउसबाट पक्राउ गरिएको एसएसपी शाहले जानकारी दिए । अनिताले पीडितहरुलाई होटलमा बोलाउने र सामान्य कुरा गरेर बाहिर निस्केपछि केटाहरुले फोन गरेर धम्कि दिएर पैसा माग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
पीडितलाई धम्क्याउन दिपक पराजुलीले पत्रकारको भूमिका खेल्ने गरेका थिए । उनले आफूलाई ‘गृह मन्त्रालयको प्रेस सल्लाहारका हुँ’ भेर परिचय दिने र तर्साउने गरेको अनुसन्धानबाट थाहा भएको छ । बिमल सुवेदीले म्यासेज र भेट गरेर ब्ल्याकमेल गर्ने गरेका थिए ।
राइड सेयरिङको पेशा गर्ने सरोज तिमल्सेनाले पीडित र युवतीबीच भेट हुँदा बाहिर बसेर निगरानी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुले ३ लाख २५ हजार नगद बुझिसकेको खुलेको छ ।
आरोपितहरु बिरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमाा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी शाहले जानकारी दिए । उनीहरुबिरुद्ध दुईजनाले जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण