जनमत पार्टीको कारबाहीमा परेका कुशवाहाले जागरण अभियान चलाउने

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले कारबाही गरेका शिवचन्द्र कुशवाहाले तराई मधेशमा जागरण अभियान गर्ने भएका छन् । कुशवाहाले नयाँ पार्टी बनाउने उद्देश्यका साथ तराई मधेशमा जागरण अभियान सुरु गर्ने भएका हुन् ।
कुशवाहा जागरण अभियानको माध्यमबाट जनताको बीचमा जाने र राय सुझाव लिएर पार्टी घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ । उनले त्यो जागरण अभियानको उद्घाटन सिके राउतको चुनावी क्षेत्र सप्तरीको राजविराजबाट गर्ने भएका छन् ।
कुशवाहले भने, ‘जागरण अभियानको तयारी भइरहेको छ र सप्तरीको राजविराजबाट पत्रकार सम्मेलन गरेर त्यसको उद्घाटन गर्ने छौं ।’ यद्यपि, आफ्नो अभियानको टार्गेट सिके राउत नभएको तर संयोगले उनको क्षेत्र आफूहरुको रोजाईमा परेको उनले बताए । उनले जागरण अभियानको सुरुवात कुनै व्यक्तिको विरोधमा नभएर प्रवृतिको विरुद्धमा हुने दावी गरे ।
मधेशमा देखिएको व्याप्त गरिबी, भ्रष्टाचारी, बेरोजगारी, अशिक्षा, अन्धविश्वास जस्ता कुरितीको विरुद्ध आफूहरुको अभियान केन्द्रीत हुने कुशवाहाको भनाइ छ । उनले सो अभियानको निशानामा जुनसुकै खराब प्रवृति पर्न सक्ने बताए ।
मधेशमा सिके राउत प्रवृति छ त्यो प्रवृतिको भण्डार हुन्छ, सिके राउत एउटा व्यक्ति होइन प्रवृति हो त्यसलाइ अन्त्य गर्नुपर्छ, उनले भने, ‘हामी कुनै व्यक्तिको विरुद्धमा जाँदैनौं, त्यसको प्रवृतिको विरुद्धमा जान्छौं ।’
तत्कालै पार्टी गठन गर्ने कुनै योजना छैन, जागरण अभियान सञ्चालन गर्ने क्रममा जनताले के सुझाव दिन्छ त्यसको आधारमा अगाडि बढ्ने उनले बताए ।
२०७९ मंसिरमा भएको चुनाव हारेका शिवचन्द्र कुशवाहा बैशाखमा भएको उपनिर्वाचनमा माओवादी छाडेर जनमत पार्टीबाट टिकट लिएर चुनावमा भाग लिएका थिए । तर उनी उपेन्द्र यादवबाट चुनाव हारे । आफू सिके राउतका
कारण चुनाव हारेको असन्तुष्टि जनाउँदै आएपछि उनी कारवाहीमा परेका छन् । साधारण सदस्य समेत नरहने गरी जनमत पार्टीबाट उनलाई निस्काशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन सहितका विश्वविद्यालयको साढे २२ हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमण तथा विवादमा
-
सबैभन्दा बढी बेरुजु मधेश प्रदेशमा
-
सिम्रौनगढका मेयर चढ्ने गाडी रौतहटमा दुर्घटना
-
भूमिसम्बन्धी अध्यादेश र विधेयक : बाटो फरक ‘विषयवस्तु’ उही
-
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईको अदालतमा बयान जारी
-
आर्थिक वर्ष २०८०/०८१ मा चिकित्सा शिक्षाका एक हजार ५२१ सिटमा विद्यार्थी भर्ना भएनन्