लम्पी स्किनको असर : दूध उत्पादनमा कमी, किसानलाई खै मलहम ?
बुटवल । पशुमा लाग्ने लम्पी स्किन रोगको कारण देशभरकै किसान मर्कामा परेका छन् । लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा पनि अहिले लम्पी स्किन लागेका पशु चौपाया भेटिएका छन् ।
रोगका कारण अहिले बजारमा दूध उत्पादनसमेत घटेको छ । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार यो रोगको कारण दैनिक डेढ करोड भन्दा बढी दूधको मूल्यमा गिरावट आएको छ ।
अन्य पशुभन्दा गाई र भैँसीमा यो रोग धेरै देखिएकोले दूध उत्पादनमा करिब ५० प्रतिशतकमी आएको अनुमान आफूहरूले गरेको निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमले बताए ।
निर्देशनालयका प्राविधिक सूचना अधिकारी रिम बहादुर थापाका अनुसार यो रोगका कारण पशु चौपायाको मृत्युबाट प्रदेशमा साढे १२ करोड बराबर क्षति भएको अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशमा पहिलो पटक यो रोग २०७७ साउन २४ मा देखिएपछि हालसम्म कुल १ लाख ८१ हजार ९ सय ३५ वटा पशु चौपायामा रोग देखिएको छ । जसमध्ये कुल ५ हजार ६ सय ४६ पशु चौपाया मरेका छन् ।
नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार लुम्बिनीमा पछिल्लो समयमा दूधको बजार साँघुरिदै गएकाले उत्पादन कमी भए पनि उपभोक्तालाई असर परेको छैन ।
अहिले प्रदेशमा लम्पी स्किनबाट प्रभावित भएका पशु चौपायाको उपचारको लागि करिब ३० लाख रुपैयाँ बराबरको औषधी तथा खोप खरिद गरी परिचालन गरिएको छ । निर्देशक डा. आलमले हालसम्म प्रदेशका सबै जिल्लामा गरी ३८ हजार ७ सय ९३ पशुलाई खोप प्रदान गरिएको र १ लाख १२ हजार ४ सय ७६ पशुको उपचार गरिएको बताए ।
त्यस्तै, प्रदेशमा हालसम्म सबै जिल्लामा गरी ३८ हजार ७ सय खोप लगाइएको छ ।कर्मचारी व्यवस्थापनको लागि प्रदेशले विगतमाबजेट नछुट्याएकाले आकस्मिक कोषवाट काम गरिएको छ । थप नियन्त्रणका लागि २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर प्रदेशको अर्थमन्त्रालयमा पेश गरिएको छ ।
यहाँ प्रदेशस्तरीय लम्पी रोग नियन्त्रण कार्यदल गठन गरिएको छ । डा.आलमले यो विषय निकै ठुलो भएकोले किसानको समस्यामा समयमै मलहम लगाउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
-
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
-
हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
-
ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण