भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा
काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । सुब्बा भन्सार एजेन्ट हुन् ।
उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उनले भने–‘उपचार प्रयोजनार्थ उहाँलाई रिहा गरिएको हो, सुनमा असंलग्न भनेर होइन् ।’
घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अधिकारीले बताए । त्रिभुवन विमाानस्थल भन्सार कार्यालययका अनुसार रुक्मिनाको भन्सार एजेन्ट नम्बर–१०३१ हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण