लोहनीको प्रश्न : ‘इपीजी’को बारेमा सरकारले जनतालाई खै जानकारी दिएको ?
काठमाडौँ । राप्रपाका नेता एवं पूर्व परराष्ट्र मन्त्री डा.प्रकाशचन्द्र लोहनीले नेपाल–भारत बोर्डर बन्द गर्ने नभई नियमन हुनु पर्नेमा जोड दिएका छन् ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको ‘छिमेकी सम्बन्ध र इपीजी प्रतिवेदन’बारे इपीजी सदस्यहरुसँग संवाद कार्यक्रममा उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
इपीजी विषयमा दुई देशको बीचमा सहमति भइसकेको हो तर कार्यान्वयन किन नभएको भन्दै ? उनले यस बारेमा नेपालले किन प्रश्न नगरेको भनेर जिज्ञासा राखे । दुई ठुलो देश छिमेकी भएकाले नेपालको सम्बन्धमा सुरक्षाको ठुलो चुनौती रहेको उनको धारणा थियो ।
एक पटक प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला त्यहाँ सुरक्षाको मामिलामा नेपालले भारतसँग सल्लाह लिनुपर्ने सम्झौता हुन गइरहेको तर त्यसलाई आफूले रोकेको उनले जिकिर गरे ।
भारतको सम्बन्धमा उठाउनै पर्ने कतिपय कुरा उठाउन नसकेको बताउँदै उनले द्विपक्षीय सम्बन्धमा नेपाल मानसिक रूपमा कमजोर हुँदै गएको धारणा राखे ।
नेपालका जति पनि बिजुली भारतले खरिद गर्ने सम्झौता भारतसँग निकै पहिले भएको हो । तर, अहिले भारतले विभिन्न बहाना बनाउँदै नकिन्ने मनस्थितिमा रहेको आरोप लगाउँदै उनले नेपालले आफ्नो अडान लिन नसकेको धारणा राखे ।
अरूलाई कुनै दोष लगाउनु भन्दा पहिले आफैलाई पनि सच्याउनु पर्ने आवश्यकता रहेको बताउँदै उनले जुन देशका प्रधानमन्त्री कसैको लागि कन्फर्टेबल सरकार बनाउँछ भने अरू थप आस गर्नु बेकार रहेको बताए ।
प्रतिपक्ष दल एमाले र सत्तारुढ काँग्रेस यी दुई ठुला दलले इपीजी प्रतिवेदनको बारेमा बोल्नुपर्ने बताउँदै इपीजीको बारेमा जनतालाई सरकारले जानकारी दिनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण