अभियानमा खटिएका प्रतिनिधिलाई देउवाले दिए १८ बुँदे कार्यविधि
काठमाडौँ । नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ । सभापति शेरबहादुर देउवाले १८ बुँदे कार्यविधि प्रतिनिधिलाई दिएका हुन् ।
साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय पनि उनीहरुलाई दिइएको छ ।
साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्ला पुगिसिकेको अवस्था छ ।
कांग्रेसले सह महामन्त्री, केन्द्रीय सदस्यहरू र पूर्व केन्द्रीय सदस्यलाई जिल्ला–जिल्ला खटाएको छ । जिल्लामा रहेका सबै निर्वाचन क्षेत्र हेर्ने गरी एक प्रतिनिधि खटाइएको छ । अभियानमा प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्य खटिएका छन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि सबै जिल्लामा अभियान सुरु हुने बताए । उनले भने, ‘भोलिबाटै अभियान सुरु हुन्छ । केन्द्रले दिएको कार्यविधिअनुसार प्रतिनिधिहरुले सबै जिल्लामा भोलि नै अभियान थाल्नुहुन्छ ।’



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण