अभियानमा खटिएका प्रतिनिधिलाई देउवाले दिए १८ बुँदे कार्यविधि

काठमाडौँ । नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ । सभापति शेरबहादुर देउवाले १८ बुँदे कार्यविधि प्रतिनिधिलाई दिएका हुन् ।
साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय पनि उनीहरुलाई दिइएको छ ।
साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्ला पुगिसिकेको अवस्था छ ।
कांग्रेसले सह महामन्त्री, केन्द्रीय सदस्यहरू र पूर्व केन्द्रीय सदस्यलाई जिल्ला–जिल्ला खटाएको छ । जिल्लामा रहेका सबै निर्वाचन क्षेत्र हेर्ने गरी एक प्रतिनिधि खटाइएको छ । अभियानमा प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्य खटिएका छन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि सबै जिल्लामा अभियान सुरु हुने बताए । उनले भने, ‘भोलिबाटै अभियान सुरु हुन्छ । केन्द्रले दिएको कार्यविधिअनुसार प्रतिनिधिहरुले सबै जिल्लामा भोलि नै अभियान थाल्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार
-
जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा