गजल
गजलः भ्रष्टाचारीको झुण्ड
शनिबार, २० साउन २०८०, १० : ४९
भ्रष्टाचारी देख्नै नहुने थुनिहाल्ने यो कस्तो सरकार भयो
टुक्के, उखानेहरुलाई अबको बाटो खुकुरीको धार भयो
लाज छोपिएको थियो, थोरै भए पनि च्यातिएको टालोले
आज आएर ती भ्रष्टाचारीको झुण्ड नाङ्गेझार भयो
संसद अवरुद्ध गर्छौं, राँके जुलुस गर्छौं, त्यसै छोड्दैनौ
भन्दैछन् घुस्याहालाई कार्वाही नगर, यो त अत्याचार भयो
चोरको खुट्टा काट् भन्दा खुट्टा उचालेर बर्बराउँदै दौड्दा
जनताले चिने यस्ता ढोंगी, यिन्को टाउकोमै प्रहार भयो
जो चोर उसैको ठुलो स्वर, भ्रष्ट समाउनेकै राजीनामा माग्छन्
जतिसुकै ढाँटुन्, छलुन् जनताको नजरबाट यिन्को हार भयो
काण्डै काण्डमा मुछिएका नाइकेहरुको फाइल खुल्दै गर्दा
खोरभित्र जाकिएला भन्ने डरले सरकार ढाल्न हतार भयो
छद्मभेषी, नक्कली राष्ट्रवादीको मुकुण्डो उत्रिदै छ अब
झुटो टिक्दैन, सत्य लुक्दैन, जिन्दगीको यही सार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण