अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
सारांश
- बेल्जियम र सेनेगल आज फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।
- समूह चरणमा बेल्जियमले इजिप्ट र इरानसँग बराबरी खेल्दै न्युजिल्याण्डलाई हराएर नकआउट चरणमा स्थान पक्का गर्यो ।
- सेनेगलले फ्रान्स र नर्वेसँग पराजित भएपछि इराकलाई हराउँदै नाटकीय रूपमा नकआउट चरणको यात्रा तय गर्यो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गर्नका लागि आज बेल्जियम र सेनेगल पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा आमने–सामने हुँदै छन् । अमेरिकाको सियाटल, वासिङ्टनस्थित स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहीबार बिहान १ः४५ बजे सुरु भएकाे हाे । फिफा वरीयतामा बेल्जियम ९ औँ र सेनेगल १५औँ स्थानमा रहेका छन् ।

यस विश्वकपको अन्तिम ३२ सम्म आइपुग्न दुवै टोलीले समूह चरणमा निकै उतारचढावपूर्ण यात्रा तय गरेका छन् । समूह ‘जी’ मा रहेको बेल्जियमले आफ्नो पहिलो खेलमा जुन १६ मा इजिप्टसँग १–१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा जुन २२ मा इरानसँग गोलरहित बराबरी खेलेको तर, समूह चरणको अन्तिम खेलमा जुन २७ का दिन न्युजिल्याण्डलाई ५–१ को भारी अन्तरले पराजित गर्दै बेल्जियमले नकआउट चरणमा आफ्नो स्थान पक्का गर्यो ।

अर्कोतर्फ, समूह ‘आई’ मा रहेको सेनेगलको सुरुआत निकै कठिन रह्यो । सेनेगल जुन १७ मा भएको पहिलो खेलमा फ्रान्ससँग ३–१ ले र जुन २३ मा भएको दोस्रो खेलमा नर्वेसँग ३–२ ले पराजित हुन पुगेको थियो । तर, जुन २७ मा भएको समूह चरणको अन्तिम खेलमा इराकविरुद्ध ५–० को सानदार जित निकाल्दै सेनेगलले नाटकीय रूपमा नकआउट चरणको यात्रा तय गर्यो ।
इतिहासलाई हेर्दा बेल्जियमले विश्वकपमा अफ्रिकी टोलीहरूविरुद्ध खेलेका ६ खेलमध्ये केवल एउटा खेलमा मात्र हार बेहोरेको छ, जुन सन् २०२२ मा मोरक्कोविरुद्ध भएको थियो । अर्कोतर्फ, सेनेगलले युरोपेली देशहरूविरुद्ध खेलेका सुरुआती ५ खेलमा ३ जित र १ बराबरीको नतिजा निकाले पनि पछिल्ला चारवटा भिडन्तमा लगातार हार बेहोरेको छ ।

विश्वकपको इतिहासमा बेल्जियमको यो १५औँ सहभागिता हो । बेल्जियमले सन् १९८६ मा चौथो स्थान हासिल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन दर्ता गरेको थियो भने सन् २०१४ देखि २०१८ सम्मको ‘गोल्डेन जेनेरेसन’ को नेतृत्वमा सन् २०१८ मा कास्य पदक जितेको थियो । यद्यपि, २०२२ को विश्वकपमा भने टोली समूह चरणबाटै बाहिरिएको थियो ।
चौथो पटक विश्वकप खेलिरहेको सेनेगलले सन् २००२ को आफ्नो डेब्यु प्रतियोगितामै तत्कालीन च्याम्पियन फ्रान्सलाई १–० ले हराएर क्वाटरफाइनलसम्म पुगेर तहल्का मच्चाएको थियो । सन् २०१८ मा फेयर प्ले नियमका कारण बाहिरिएको सेनेगल सन् २०२२ मा इङ्गल्याण्डसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण