संगीतको कुनै सीमा हुँदैन : शम्भुजित बाँस्कोटा
काठमाडौँ । संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताएका छन् । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले नेपालमा पनि गीतहरु पुस्तान्तरण हुँदै प्रभावकारी रुपमा प्रविधिको विकाससँगै अघि बढिरहेको बताए । उनले म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको बताए । उनले पछिल्लो समय मानिसको प्रतिभालाई छिटोभन्दा छिटो जनमानसमा पुर्याउने काम पनि म्युजिक भिडियोबाट भइरहेको बताए ।
‘संगीतको कुनै सीमा हुँदैन । संगीत सदाबहार हुन्छ । त्यसको एउटा सुर हुन्छ, त्यसको लय, त्यसको समय, त्यसको हरेक कुराहरु संगीतको एउटा प्रभाव छुट्टै हुन्छ । हाम्रो देश नेपालमा नेपाली संगीतमा धेरै विधाहरु छन्’ उनले भने, ‘रक एण्ड र्याप पहिलाबाट नै शुरु भएका हुन् । पुस्तादेखि पुस्ता हुँदै जाने नै हो । नेपालमा पहिला पनि ब्याण्डहरु थिए । अहिले प्रविधिको विकासमा हामी छौँ । म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको छ । मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पु¥याउने काम गरेको छ ।’
अरमान तामाङको स्वर रहेको गीतमा विनोद ढकार र तामाङको शब्द र भिडियोमा अरमान तामाङ र रिया लामाको अभिनय छ । भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण