माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने
आइतबार, २१ साउन २०८०, ०६ : ३२
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखिसकेका छन् । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी छ ।
शनिबारको बैठकमा जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताले आ आफ्नो धारणा राखेका थिए । मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण