एकसाथ दुई पुस्तक लोकार्पण
काठमाडौँ । विज्ञान भैरव र रघुकुल तिलक श्रीरामको वैराग्य नामक दुई कृति एकैसाथ लोकार्पण गरिएको छ । कमलप्रसाद ढुङ्गानाद्वारा लिखित यी दुवै पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।
तन्त्रशास्त्र खासगरी आगम तन्त्र अन्तरगत पर्ने विज्ञान भैरव तन्त्रमा ११२ वटा ध्यानका विधि उल्लेख छन् । महादेवले पार्वतीलाई जुन ध्यानका विधि बताएका थिए, त्यही नै विज्ञान भैरव तन्त्र हो । यस पुस्तकमा लेखकले तिनै ११२ वटा ध्यानका विधिलाई सरल ढङ्गले नेपाली भाषामा व्याख्या गरेका छन् ।
लेखक ढुङ्गानाका अनुसार यी ध्यान भनेका त्यस्ता ध्यान हुन्, जुन विगत, वर्तमान र आगत तिनै पुस्ताका मानव समुदायलाई उपयोगी मानिएका छन् । व्याख्याका साथमा मूल ग्रन्थको श्लोकसमेत दिइएकाले पुस्तक थप पठनीय र विश्वसनीय हुन पुगेको छ ।
त्यस्तै रघुकुल तिलक श्रीरामको वैराज्ञ नामक पुस्तकमा श्रीरामको ब्रह्मचिन्तन र वैराज्ञ सम्बन्धी विषयवस्तु वर्णन भएका छन् । महर्षि वाल्मीकिले ऋषि भरद्वाजलाई बताएका श्रीरामका ब्रह्मतत्व सम्बन्धी जिज्ञासालाई नेपाली भाषामा सरल ढङ्गले विवेचन भएका छन् ।
रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्द श्रेष्ठका अनुसार समाजलाई आध्यात्मिक ज्ञान सदैव आवश्यक पर्ने भएकाले यस्ता पुस्तकहरू पनि प्रकाशनमा ध्यान दिने गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण