सांसदहरु बानेश्वरमा : सभामुख, प्रधानमन्त्री र दलका मुख्य नेता सिंहदरबारमा
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका नेताहरु छलफल गरिरहेका छन् । यता संसद भवन नयाँ बानेश्वरमा भने सांसदहरु बैठकको प्रतिक्षामा रहेका छन् ।
सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि संसदको गतिरोध अन्त्य गर्न बसेको छलफल नसकिँदा निर्धारित समयमा प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख ३ दलका प्रमुख सचेतकहरु छलफलमा रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट तस्करीको सुन भित्रिएको विषयमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गर्दै गत साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेको थियो । त्यसयता प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण