राष्ट्र बैंकले गर्यो तीनवटा बैंकलाई कारबाही, कुमारी र हिमालयनले झण्डै २ करोड तिर्नुपर्ने
काठमाडौँ । तीन वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानुनको बाहिर गएर वित्तीय कारोबार गरेरकाले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरिएको हो ।
जसमध्ये नियम विपरीत आर्थिक गतिविधि सञ्चालन गर्ने कुमारी बैंक र हिमालयन बैंकलाई केन्द्रीय बैंकले झण्डै २ करोड रुपैयाँ बराबर जरिवाना गरेको छ ।
कुमारी बैंकले गत आर्थिक वर्षको माघ महिनामा तोकिएको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै केन्द्रीय बैंकले बैंकमाथि ५९ लाख ६३ हजार ६९४ रुपैयाँ २२ पैसा जरिवाना गरेको छ ।
यस्तै, कात्तिक महिनाको सीडी रेसियो कायम नगरेको भन्दै केन्द्रीय बैंकले हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना गरेको छ ।
अर्को प्राइम कमर्सियल बैंकले भने केन्द्रीय बैंकको निर्देशन बमोजिम कायम गर्नेपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, क्यापिटल एकुरेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको र इ.प्रा.नं. १५/०७९ को व्यवस्था विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रथम पटक सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण