सुन तस्करीमा संलग्नहरु सीआईबीको हिरासतमा अटेनन्
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुन प्रकरणमा संलग्नहरुविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।
सुन तस्करी ‘संगठित प्रकृति’को देखिएको निष्कर्षसहित राजस्व अनुसन्धान विभागले आइतबार पक्राउ गरिएकाहरुलाई ब्युरोको जिम्मा लगाएका हो । विभागले साउन ३ गते साँझ सुन बरामद गरेपछि १७ जनालाई पक्राउ गरेको छ ।
विभागले हालसम्म अनुसन्धानबाट खुलेका तथ्य पनि प्रहरीलाई जिम्मा लगाएको छ । सुन प्रकरणभन्दा अघि ललिता निवासको जग्गा हिनामिना र सहकारी ठगीका ठुला मुद्दा अनुसन्धान गरिरहेको महाराजगन्जस्थित ब्युरोको हिरासत थुनुवाले भरिएको छ ।
हिरासतमा सुन प्रकरणका आरोपी राख्ने ठाउँ नभएपछि उनीहरुलाई काठमाडौँका प्रहरी वृत्तहरूमा पठाएको अनुसन्धान संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सुन प्रकरणमा संलग्न १७ जनालाई प्रहरी वृत्त सोह्रखुट्टे, मालिगाउँ, महारजागञ्ज र दरबारमार्गको हिरासतमा राखिएको छ । ट्याक्सि चालक अशोक लामा, दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका दिलिप भुजेल, राम कुमार भुजेल र भन्सार अधिकृत सन्तोष चन्दलाई सोह्रखुट्टेमा राखिएको छ ।
विमानस्थल भन्सार कार्यालयमाा एक्स–रे हेर्ने सरोज श्रेष्ठ र सुन तस्करलाई गोदाम खोजेको आरोपमा पक्राउ गरिएका सुरेन्द्र तामाङ उर्फ नरेशलाई प्रहरी वृत्त मालिगाउँको हिरासतमा राखिएको छ । अरु आरोपीतहरुलाई दरबारमार्ग र महाराजगञ्जको हिरासतमा राखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलगन २१ जना थुनामा छन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सहकारी ठगीमा संलग्नहरु पनि ब्युरोको हिरासतमा छन् ।
सुन प्रकरणमा पक्राउहरु:
१. राम कुमार भुजेल, दोलखा मेलुङ गाउँपालिका–३
२. दिलिप भुजेल, दोलखा मेलुङ गाउँपालिका–३
३. हर्कराज राई, भोजपुर अरुण गाउँपालिका–४
४. थाप्तेन छिरिङ, भारतीय नागरिक
५. राजेन्द्र राई, भन्सार एजेन्ट । (प्रज्ञापनपत्र भरेर सुन जिम्मा लिने)
६. अशोक लामा, ट्याक्सि चालक (बा.२ च २३२४)
७. जीक्वाङ लिन, ४ साउनमा पक्राउ
८. राजन श्रेष्ठ, कोटेश्वरबाट
९. पुष्करराज भट्ट, संचालक ट्रान्स ग्लोबस सर्भिस
१०. कृष्ण श्रेष्ठ
११. यादव पराजुली, भन्सार एजेन्ट
१२. सुदर्शन गौतम, भन्सार एजेन्ट
१३. सन्तोष चन्द, भन्सार अधिकृत
१४. कुमार ढकाल, जाँचकी ( विमानस्थल भन्सार कार्यालय)
१५. सरोज श्रेष्ठ, नायब सुब्बा (भन्सारमा एक्स–रे हेर्ने)
१६. सुरेन्द्र तामाङ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप)
१७. दावा छिरिङ, सामाखुसीबाट (साउन १४)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण