संगठित सुन तस्करीको अनुसन्धान गर्न जिल्ला अदालतले दियो सीआईबीलाई अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले संगठित सुन तस्करीको अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ ।
राजश्व अनुसन्धान विभागले यसअघि उच्च अदालत पाटनबाट पाएको म्यादलाई सोमबार काठमाडौँ जिल्ला अदालतले मिलान गर्दै सीआईबीलाई २७ गतेसम्मको समय प्रदान गरेको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सुरु गरिसकेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम गठन गरेर अनुसन्धान सुरु गरेको हो ।
ब्युरोका अनुसार राजश्व अनुसन्धान विभागले बुझाएको फाइलका साथसाथै म्यानुअल्ली र प्राविधिक कोणबाट अनुसन्धान सुरु गरिएको छ ।
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । ४ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
सो प्रकरणमा विभागले अनुसन्धान गर्दै आए पनि प्रधानमन्त्री तहको निर्देशनमा पछिल्लो समय सीआईबीलाई जिम्मा दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने