पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध
हेटौँडा । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक अवरुद्ध भएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड र कान्तिलोक पथ अवरुद्ध भएको हो ।
वर्षाका कारण भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो खस्दा सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त सडक खण्डको सो स्थानमा सोमबार राती ११ः३० बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोका कारण सडक बन्द हुँदा यातायातका साधन समेत रोकिएको उनले बताए । पहिरो खसेको स्थान हेटौँडा बुद्ध चोकबाट करिब १२ किलोमिटर उत्तर पूर्वमा पर्छ ।
त्यस्तै पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध बनेको छ। पहिरोका कारण सोमबार रातिबाट सो सडक खण्ड अवरुद्ध भएको हो । वर्षाका कारण बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सडक बन्द भएको प्रवक्ता कार्कीले बताए ।
वर्षाका कारण सोमबार राती ९ः१० बजेको समयमा कान्ति लोकपथ अन्तर्गतको सो स्थानको सडक खण्डमा पहिरो खस्दा दुवै तर्फी बाटो अवरोध भएको हो । पहिरो खसेको उक्त स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट ६ किलोमिटर पश्चिम दक्षिण पर्छ ।
दुवै स्थानको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको भए पनि वर्षा भइरहेकाले पहिरो हटाउन कठिन भएको उनले बताए । पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण