बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

मकवानपुरको बागमती गाउँपालिकामा ५ जना पहिरोमा पुरिए

मङ्गलबार, २३ साउन २०८०, ०८ : ४३
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरो आउँदा ५ जना पुरिएका छन् । 

बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको मकवानपुरका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । 

घटनास्थलमा प्रहरी पुगेको छ । पहिरोमा परेर एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरिएको छ । काभ्रेको सिमानामा पर्ने घटनास्थलमा सञ्चार सम्पर्क नहुँदा थप विवरण नआएको एसपी रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप