शंखरापुर नगरपालिकामा स्थानीय पाठ्यपुस्तक अध्ययन–अध्यापन सुरु
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म पूर्ण रूपमा स्थानीय पाठ्यपुस्तक अध्ययन अध्यापन कार्य लागू गरेको छ । नगरभित्रका सामुदायिक तथा निजी विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पूर्ण रूपमा लागू गरिएको शंखरापुर नगरप्रमुख रमेश नापितले जानकारी दिए ।
पुस्तकमा शंखरापुरभरी रहेका आर्थिक, सामाजिक, धार्मिक–सांस्कृतिक सम्पदा, कृषि लगायतका विभिन्न विषयहरूलाई पाठ्यसामग्रीका रूपमा समावेश गरिएको छ ।
स्थानीय पाठ्यपुस्तकबारे मेयर नापितले भने–‘यो पाठ्यपुस्तकबाट विद्यार्थीहरूले आफ्नो जन्मभूमि, आफ्नो क्षेत्रमा रहेका आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक सांस्कृतिक, वातावरणीय अवस्था, कृषि लगायतका विषयवस्तुहरू बुझ्न सक्नेछन् । नगरभित्रका २३ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालयमा ‘हाम्रो शंखरापुर’ स्थानीय पुस्तक पठन पाठन पूर्ण रूपमा लागू गरेका छौँ ।’
पुस्तक सबै नेपाली भाषामा रहेको छ । पाठ्यक्रम विकास केन्द्रले १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक राख्नुपर्ने व्यवस्था गरे अनुसार शंखरापुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक छपाई गरेर विद्यार्थीहरुलाई वितरण गर्न थालिएको हो ।
२०८० सालभित्र अनिवार्य रूपमा स्थानीय पाठ्यक्रम लागू गरिसक्नुपर्ने प्रावधान अनुसार यो वर्षदेखि सबै कक्षामा स्थानीय पाठ्यपुस्तक पढाउन थालिएको शंखरापुर नगरपालिका शिक्षा शाखा प्रमुख शुकदेव नेपालले जानकारी दिए । कक्षा ८ सम्म प्रत्येक विद्यार्थीले एकप्रति पुस्तक पाउने उनले बताए ।
सामुदायिक विद्यालयमा निःशुल्क रूपमा वितरण गरिने भए पनि निजी विद्यालयका लागि शुल्क लिने कि नलिने भन्ने बारेमा निर्णय नभएको नेपालले बताए । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पुस्तक वितरण गरिसके पनि अब निजी विद्यालयका विद्यार्थीका लागि पुस्तक वितरण गर्न बाँकी रहेको नेपालले बताए । नगरपालिकामा ‘हाम्रो शंखरापुर’ नाम रहेको स्थानीय पाठ्य पुस्तक लागू गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण