रोल्पा बस दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो
बुटवल । रोल्पामा भएको बस दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुलेको छ । जिल्लाको बागमाराबाट दाङको घोराहीका लागि छुटेको बस सहिद मार्गअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँको सडक खण्डमा आज दिउँसो दुर्घटना भएको थियो ।
घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । दुर्घटनामा परी घटनास्थलमा मृत्यु भएकोमा रोल्पाको माडी गाउँपालिका निवासी २२ वर्षीय प्रकाश बाठा, माडी–४ का ५१ वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीय श्रीमती हस्ता डाँगी रहेका छन् । त्यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विक पनि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक श्याम सारू मगरले रातोपाटीलाई बताए ।
घाइते हुनेहरूमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढामगर, रोल्पा त्रिवेणी–७ छम्पासुनारीका ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दारबाटको २५ वर्षीय कमानसिंह घर्ती मगर, रोल्पा माडी–४ का ९ वर्षीय मिलन डाँगी रशेका छन् ।
त्यस्तै, रोल्पा माडी–६ कोर्चाबाङका १५ वर्षीय मुकेश पुन, रोल्पा माडी–२ घर्ती गाउँका २० वर्षीय जितेश बाठा, रोल्पा माडी–७ का २३ वर्षीय हिमानी घर्ती मगर र उनको छोरा ११ महिनाको ओल्सन घर्ती मगर पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा रोल्पा माडी–४ का २२ वर्षीय कविता खड्का र उनका छोरा ५ वर्षीय युस खड्का, माडी–४ की २६ वर्षीय मीना डाँगी, रोल्पाको माडी–२ घर्ती गाउँकी २८ वर्षीय तिरपना बाठा, रोल्पाको परिवर्तन–३ की २४ वर्षीय खुम्बु बुढा, रोल्पाको त्रिवेणी–२ नुवागाउँकी १७ वर्षीय पूर्णिमा बुढा, रोल्पा त्रिवेणी–२ कै १३ वर्षीय सुस्मिता बुढा, रोल्पाको माडी–२ की ४० वर्षीय बिर्जना घर्ती मगर, रोल्पाको माडी–२ घर्ती गाउँका २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबाटको २४ इन्द्रकुमार घर्ती मगर र दाङस्थित घोराही उपमहानगर–१२ हापुरका बसका चालक २४ वर्षीय हुमराज बस्नेत घाइते भएका छन् ।
प्रहरीका अनुसार दिउँसो १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस रिची सडकबाट करिब १ सय ५० मिटर मुनि खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेहरूलाई उद्धार गरेर अस्पताल भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण