सिक्रे दोभान पहिरो : बेपत्ता ५ मध्ये थप १ जना मृत भेटिए*
मकवानपुर । बागमती गाउँपालिका-५ सिक्रे दोभान पहिरोमा परि हराइरहेका ५ मध्ये १ जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहानबाट खोजतलास गर्ने क्रममा ९:१० बजेको समयमा बागमती नदीको बिच बगरमा १ जनाको शव फेला परेको हो ।
सिन्धुली हरिहरपुरगढी गाउँपालिका-१ कोकरे स्थित नदीको बीच बगरमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बागमती गाउँपालिका-५ सिक्रे दोभान बस्ने वर्ष २२ की शिला पहरी मृत अवस्थामा फेला परेकी हुन् । उनीहरूको शव फेला परेको स्थान घटनास्थलबाट १० किलोमिटर दक्षिण पर्छ ।
गत सोमबार राती परेको अविरल वर्षाका कारण बागमती-५ सिक्रे दोभानमा स्थानीय सिक्रे खोल्सीमा आएको ढुंगा र माटो सहितको भलले ल्याएको पहिरोले अक्कल बहादुर स्याङ्तानको घर बगाएको थियो । सोमबार राती सो घरमा सुतेका ७ जना पहिरोमा परेका थिए ।
सुरुमा पहिरोमा परी ७ जना मध्ये एक जनाको मंगलबार उद्धार पछि उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का एक जनाको १४ घण्टा पछि जीवितै उद्धार गरि हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उद्धार पछि मृत्यु हुनेमा स्याङ्तानकी श्रीमती वर्ष ५५ की सन्तमाया स्याङ्तान रहेकी छिन् ।
त्यस्तै जीवितै उद्धार गरिएका सिन्धुली हरिहरपुर- १ कोकरेका पल्साङ घिसिङको उपचार भइरहेको छ । पहिरोमा परि अझै ४ जना हराइरहेका छन् । पहिरोमा परी स्याङ्तानसहित उनका ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी र नातिनी डेढ वर्षकी दिव्या पहरी रहेका छन् ।
*यसअघि समाचारमा एकको शव फेला हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण