बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिक्रे दोभान पहिरो :  बेपत्ता ५ मध्ये थप १ जना मृत भेटिए*

बुधबार, २४ साउन २०८०, १० : ५६
बुधबार, २४ साउन २०८०

मकवानपुर । बागमती गाउँपालिका-५ सिक्रे दोभान पहिरोमा परि हराइरहेका ५ मध्ये १ जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहानबाट खोजतलास गर्ने क्रममा ९:१० बजेको समयमा बागमती नदीको बिच बगरमा १ जनाको शव फेला परेको हो ।

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-१ कोकरे स्थित नदीको बीच बगरमा  एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बागमती गाउँपालिका-५ सिक्रे दोभान बस्ने वर्ष २२ की शिला पहरी मृत अवस्थामा फेला परेकी हुन् । उनीहरूको शव फेला परेको स्थान घटनास्थलबाट १० किलोमिटर दक्षिण पर्छ । 

गत सोमबार राती परेको अविरल वर्षाका कारण बागमती-५ सिक्रे दोभानमा स्थानीय सिक्रे खोल्सीमा आएको ढुंगा र माटो सहितको भलले ल्याएको पहिरोले अक्कल बहादुर स्याङ्तानको घर बगाएको थियो । सोमबार राती सो घरमा सुतेका ७ जना पहिरोमा परेका थिए । 

सुरुमा पहिरोमा परी  ७ जना मध्ये एक जनाको मंगलबार उद्धार पछि उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का एक जनाको १४ घण्टा पछि जीवितै उद्धार गरि हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उद्धार पछि मृत्यु हुनेमा स्याङ्तानकी श्रीमती  वर्ष ५५ की सन्तमाया स्याङ्तान रहेकी छिन् । 

त्यस्तै जीवितै उद्धार गरिएका सिन्धुली हरिहरपुर- १ कोकरेका पल्साङ घिसिङको उपचार भइरहेको छ । पहिरोमा परि अझै ४ जना हराइरहेका छन् । पहिरोमा परी स्याङ्तानसहित उनका ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी र नातिनी डेढ वर्षकी दिव्या पहरी रहेका छन् ।

*यसअघि समाचारमा एकको शव फेला हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप