राति माछा मार्न जाँदा पहिरोमा पुरिएर एक किशोरको मृत्यु
बुधबार, २४ साउन २०८०, ११ : २८
दोलखामा पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।
तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ । उनी गए राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण