रेखाको फिल्म ‘उपहार’ को स्क्रिप्ट विवाद मिल्यो
काठमाडौंँ । अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको पछिल्लो फिल्म ‘उपहार’को स्क्रिप्ट विवाद मिलेको छ । लेखक सुलक्षण भारतीको नाम नै फिल्मको कथा, पट्कथा र सम्वादमा राख्ने सहमति भएपछि विवाद मिलेको हो । स्क्रिप्ट विवाद मिलेको फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘चलचित्र निर्माण एक सामूहिक काम हो । यो परिवार भित्रको सामान्य मिस अण्डर्स्ट्याण्डीले विवाद निम्त्याएको थियो, जुन मिल्यो । लेखक सुलक्षणलाई ‘उपहार’ परिवारमा स्वागत छ ।’
त्यस्तै सुलक्षणले पनि ‘उपहार’ को निर्माण युनिटले गल्ती स्वीकारेर आफुलाई टिममा सम्मान दिएको कारण विवाद सकिएको बताए ।
के थियो विवाद ?
फिल्म ‘उपहार’ को कथालाई लिएर सुलक्षण भारतीले सामाजिक सञ्जालमा आफ्नो कथामा बिना अनुमति अर्कै लेखकबाट पटकथा तयार गरेर फिल्म निर्माण हुन लागेको भन्दै आपत्ति जनाएका थिए ।
भारतीको आपत्तिमा निर्देशक ज्ञानेन्द्र देउजाले प्रतिकार गरेका थिए । फेसबुकमा केही समय निर्देशक देउजा र लेखक भारतीबीच आरोप प्रत्यारोप समेत चलेको थियो ।
सुलक्षणले प्रमाणको रुपमा निर्देशकलाई इमेलमा पठाएको स्क्रिप्टदेखि फिल्मकी निर्मात्री तथा अभिनेत्री रेखा थापासँगको व्हाट्सएप च्याटसम्मको स्क्रिनसट फेसबुकमा सार्वजनिक गरे । विवादले ठूलो रुप लिन थालेपछि निर्देशक देउजाले मंगलबार फेसबुकमा एक स्टाटस लेख्दै लेखक भारतीलाई क्षतिपूर्ति तथा मानहानीविरुद्ध कानुनी उपचार खोज्न सक्ने चेतावनी दिएका थिए ।
त्यसपछि सुलक्षणले पनि मे १८ (फर्स्ट डाफ्ट), अप्रिल २ (स्क्रिप्ट रिभाइज्ड) र अप्रिल ४ (रि–राइटसहित सेकेन्ड ड्राफ्ट) मा गरी तीनपटक निर्देशक देउजालाई स्क्रिप्ट इमेल गरेको फेसबुकमा स्क्रिनसट सहित सार्वजनिक गरे । विवाद चर्किने देखिएपछि दुबै पक्षले मंगलबार छलफमा बसेर मिलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण